डीआईजी सानुराम भट्टराईले सम्हाले सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार सरुवा भई आएका उनले बिहीबार प्रदेश प्रहरी कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहणका अवसरमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगर तथा कैलाली–कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुख र प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए।

CP Hospital Dhangadhi

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले प्रदेशको शान्ति सुरक्षा अवस्था, प्रहरी जनशक्ति व्यवस्थापन तथा विद्यमान सुरक्षा चुनौतीबारे जानकारी लिएका छन्। उनले अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउने, नागरिकमैत्री तथा द्रुत प्रहरी सेवा प्रवाह गर्ने, सुशासन र मानवअधिकार संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

Attariya Hospital

साथै लागूऔषध कारोबार, तस्करी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। उनले कानुनी शासनको प्रभावकारी कार्यान्वयन र नागरिकको विश्वास जित्ने गरी प्रहरी सेवा प्रवाह गर्न जोड दिएका छन्।

nawajiwan