सुदूरपश्चिम बजेट फेल गराउने चेतावनी : नेकपाको आरोप

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट फेल गराउने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दिएको छ। शुक्रबार प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्टले सबै तागत लगाएर बजेट असफल बनाउने स्पष्ट बताएका छन्। उनले बजेट प्रतिपक्षसँग भएका प्रतिबद्धता, मापदण्ड र सुशासनका सिद्धान्तविपरीत तयार गरिएको आरोप लगाए।

CP Hospital Dhangadhi

भट्टका अनुसार मन्त्रालयबाट जानुपर्ने योजना मुख्यमन्त्री कार्यालय तथा होटल र गोप्य स्थानमा बसेर तयार गरिएको छ। ‘होटल र सुटकेसमार्फत योजना हालिएको गम्भीर आरोप छ,’ उनले भने। उनले सांसदहरूलाई बजेटको विरोधमा एकजुट हुन आग्रह गर्दै सत्तारुढ दलका इमानदार सांसदलाई पनि साथ दिन अपिल गरे।

Attariya Hospital

नेकपाले बजेटलाई दिगो विकास, संसदीय सर्वोच्चता र जनताको अपेक्षाविपरीत भएको दाबी गर्दै यसलाई अस्वीकार गर्ने जनाएको छ। साथै, बजेट दलाल र बिचौलियामुखी भएको आरोपसमेत लगाइएको छ।

nawajiwan