कोशी प्रदेशबाट मनसुन प्रवेश, देशभर विस्तार हुन केही दिन लाग्ने

Image
Nisarga Hospital

यस वर्षको मनसुन प्रणाली आज कोशी प्रदेशको केही भू-भागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन आगमनसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।

CP Hospital Dhangadhi

विभागका अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ र देशका अन्य भू-भागमा यसको विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ। पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ भए पनि यस वर्ष मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। महाशाखाका अनुसार मनसुन सक्रिय भएपछि क्रमशः वर्षा बढ्ने सम्भावना रहनेछ, जसले कृषि, जलस्रोत तथा दैनिक जनजीवनमा प्रभाव पार्नेछ।

nawajiwan
Attariya Hospital

विभागले आगामी दिनमा मौसमको अवस्था परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। अहिले मनसुन कमजोर रहेकाले तत्काल भारी वर्षाको सम्भावना भने कम रहेको जनाइएको छ।

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएकाले सतर्क र तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई समेत अनुरोध गरिएको छ।