उपत्यकामा यात्रुलाई हैरानी दिने १० जना पक्राउ

Image
Nisarga Hospital

यात्रुलाई अनावश्यक रूपमा दु:ख र हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट १० जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

पक्राउ पर्नेहरूमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश सिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरि भजन थापा, दोलखाकै ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलक कुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका डोरकुमार श्रेष्ठ, ओखलढुंगाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा रहेका छन्।

Attariya Hospital

उनीहरूले उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई अनावश्यक रूपमा रोक्ने, हैरानी दिने तथा असहज अवस्था सिर्जना गर्ने गरेको आरोप प्रहरीले लगाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

nawajiwan