दलित पत्रकार संघको आरोप : अन्तरजातीय विवाह गरेकी पत्रकार कुँवरमाथि पूर्वाग्रही प्रहार

Image
Nisarga Hospital

दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशले पत्रकार ऐश्वर्या कुँवरसँग सम्बन्धित विषयमा सत्यतथ्य छानबिन गरी निष्पक्ष निष्कर्ष सार्वजनिक गर्न माग गरेको छ। संघका प्रदेश अध्यक्ष हिमेश विकद्वारा जारी विज्ञप्तिमा पत्रकार कुँवरले अन्तरजातीय विवाह गरी कञ्चनपुरको महेन्द्रनगरमा दलित समुदायमा घरजम गर्दै लामो समयदेखि जातीय छुवाछूत, विभेद र सामाजिक अन्यायविरुद्ध कलम चलाउँदै आएको उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

विज्ञप्तिमा भनिएको छ कि दलित समुदायले वर्षौंदेखि भोग्दै आएको विभेद र उत्पीडनका विषयमा निरन्तर आवाज उठाउँदै आएकी कुँवरमाथि हाल विभिन्न आरोप र टिप्पणीहरू भइरहेका छन्। विगतका संघर्ष, पीडा र सामाजिक योगदानलाई नबुझी उनीमाथि प्रहार भइरहेको संघको दाबी छ।

Attariya Hospital

संघले घटनासम्बन्धी सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकाय तथा पत्रकारिता क्षेत्रका सरोकारवालासँग आग्रह गरेको छ। छानबिनका क्रममा कुँवर दोषी ठहरिए कानुनबमोजिम कारबाही हुनुपर्ने र दोषी नदेखिए आधारहीन आरोप तथा पारिवारिक पृष्ठभूमिका आधारमा बदनाम गर्ने प्रवृत्तिको समेत अध्ययन र प्रतिवाद गरिने संघले जनाएको छ। दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशले निष्पक्ष छानबिन नहुँदासम्म पत्रकार कुँवरको पक्षमा रहने र सत्य तथ्य बाहिर ल्याउन जोड दिने बताएको छ।

nawajiwan