लालझाडीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २०३ जनाले पाए सेवा

Image
Nisarga Hospital

कञ्चनपुरको लालझाडी गाउँपालिकामा आयोजित एकदिने वृहत् निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट २०३ जना स्थानीय लाभान्वित भएका छन्। गाउँपालिकाको आयोजना तथा केयरटेकर हस्पिटल प्रा.लि. धनगढी र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक कैलालीको प्राविधिक सहयोगमा वडा नं. ३ नन्दगाउँस्थित लालझाडी आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा उद्घाटन भएको शिविरमा विभिन्न क्षेत्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। शिविरमा ६८ पुरुष र १३५ महिलासहित कुल २०३ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

Attariya Hospital

शिविरमार्फत हाडजोर्नी तथा नसा रोग, जनरल फिजिसियन, दन्त उपचार, पाठेघरको मुखको क्यान्सर (VIA) परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै निःशुल्क एक्स–रे, इसीजी, प्रयोगशाला परीक्षण, नेबुलाइजर तथा आवश्यक औषधि वितरण गरिएको थियो। जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा रेफर गरिएको थियो।

nawajiwan

विशेषगरी आदिवासी राना, थारु तथा विपन्न समुदायका नागरिकले आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। गाउँपालिकाले यस्ता कार्यक्रमले ग्रामीण नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।