लम्कीचुहा अस्पताल विवाद अन्त्य: मेयर शाही र निमित्त मेसु यादवबीच सहमति

Image
Nisarga Hospital

कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवबीच केही समयदेखि देखिएको विवाद अन्ततः आपसी सहमतिमार्फत समाधान भएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले आपसी सम्मान, समन्वय र सहकार्यका आधारमा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। वार्तामा सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्टको पनि सहभागिता रहेको थियो।

छलफलपछि अस्पतालको गरिमा कायम राख्ने, स्वास्थ्यकर्मीका लागि सुरक्षित र मर्यादित कार्य वातावरण सुनिश्चित गर्ने तथा सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने सहमति भएको मन्त्रालयले जनाएको छ। अस्पताल सञ्चालन र व्यवस्थापनको विषयलाई लिएर चर्किएको विवादपछि सामाजिक विकास मन्त्रालय, चिकित्सक संघलगायत विभिन्न सरोकारवाला निकायले स्वास्थ्य सेवामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको भन्दै पेशागत मर्यादाको संरक्षण गर्न आग्रह गरेका थिए।

nawajiwan
Attariya Hospital

वार्तापछि दुवै पक्षले विगतका असमझदारी अन्त्य गर्दै संवाद र सहकार्यबाट अस्पतालको सेवा अझ व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि नगरप्रमुख शाहीले स्थानीय तहसँग पर्याप्त समन्वय नगरी लम्की अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको भन्दै विरोध जनाउँदै आएकी थिइन्। मुख्यमन्त्री कमलबहादुर शाह विदेश भ्रमणमा रहेका बेला अस्पतालको प्रादेशिक संरचनाको उद्घाटन भएको विषय पनि विवादको कारण बनेको थियो। पछिल्लो सहमतिसँगै अस्पतालको सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।