नवप्रवर्तनमा चम्किएका चार युवा वैज्ञानिकलाई मुख्यमन्त्रीको सम्मान

Image
Nisarga Hospital

विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सुदूरपश्चिम प्रदेशका चार युवा वैज्ञानिकलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा मुख्यमन्त्री कमलबहादुर शाहले कदरपत्र र नगद पुरस्कार प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेका हुन्।

CP Hospital Dhangadhi

सम्मानित हुनेहरूमा कैलालीको टिकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा तथा कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन्। यसअघि अन्तर्राष्ट्रिय युवा परिषद्–२०२५ को अवसरमा नवप्रवर्तन क्षेत्रमा सक्रिय युवाहरूलाई सम्मान गर्ने घोषणा गरिएअनुसार उनीहरूलाई सम्मान गरिएको हो।

nawajiwan
Attariya Hospital

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सूचना प्रविधि, विज्ञान र अनुसन्धानको क्षेत्रलाई युवासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले नवप्रवर्तनलाई प्रोत्साहन गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै समाज रूपान्तरण, सकारात्मक परिवर्तन र समृद्धिको आधार युवा पुस्ता नै भएको उल्लेख गरे।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायत वक्ताहरूले वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धनका लागि राज्यले थप लगानी र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।