आज र भोलि भारी वर्षाको चेतावनी, बाढी–पहिरो र डुबानको जोखिम बढ्ने

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

Attariya Hospital

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो।

nawajiwan

लगातारको वर्षासँगै भूक्षय, बाढी, पहिरो र सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ। महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेको छ।