अत्यधिक वर्षाको जोखिम: बैतडीका कच्ची सडकमा दुई रात सवारी सञ्चालन बन्द

Image
Nisarga Hospital

अत्यधिक वर्षाको पूर्वानुमानपछि बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला प्रशासन कार्यालयले असार १६ र १७ गते लागू हुने गरी यो निर्णय गरेको हो।

CP Hospital Dhangadhi

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार जल तथा मौसम विज्ञान विभागले ती दुई दिन अत्यधिक वर्षा हुने सम्भावना औँल्याएपछि सम्भावित दुर्घटना र प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको हो।

Attariya Hospital

प्रशासनद्वारा जारी सूचनाअनुसार असार १६ र १७ गते बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म जिल्लाभरका सबै ग्रामीण कच्ची सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

nawajiwan

वर्षायाममा पहिरो खस्ने, सडक भासिने, खोलानाला बढ्ने तथा अन्य प्राकृतिक विपद्का घटना बढ्ने जोखिम रहने भएकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र सुरक्षित विकल्प अपनाउन प्रशासनले आग्रह गरेको छ। साथै, मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा गर्न र सुरक्षा निकायका निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ।