त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

Image
Nisarga Hospital

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिविका कुलपतिबाट उनलाई उपकुलपतिमा नियुक्त गरिएको हो।

CP Hospital Dhangadhi

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति रहेका थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो अनुभव भएका शिक्षाविद् हुन्। इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेपछि उनले सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। त्यसपछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा प्रवेश गरी प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै २०७७ माघमा उपकुलपति बनेका थिए।

Attariya Hospital

मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थापाले टर्बाइन रनर विषयमा स्नातकोत्तर तथा हाइड्रोलिक मेसिनमा बालुवाका कणबाट हुने क्षरण (इरोजन) सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्। उनले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट विद्यालय शिक्षा पूरा गरेका हुन्। उनको नियुक्तिसँगै त्रिविमा शैक्षिक सुधार, अनुसन्धान प्रवर्द्धन र संस्थागत सुशासनले थप गति लिने अपेक्षा गरिएको छ।

nawajiwan
  • त्रिभुवन विश्वविद्यालय – डा. भोला थापा
  • सुदूरपश्चिम विश्वविद्यालय – किसन दत्त भट्ट
  • मध्यपश्चिम विश्वविद्यालय – राजन सुवाल
  • कृषि तथा वन विश्वविद्यालय – ऋषिराम कट्टेल
  • राजर्षी जनक विश्वविद्यालय – श्यामनारायण लाभ
  • पोखरा विश्वविद्यालय – देवेन्द्र अधिकारी
  • पूर्वाञ्चल विश्वविद्यालय – सुजन बाबु मरहट्टा