धनगढीका १० वर्षीया तनुज ह’त्या प्रकरण : अभियुक्तको घरबाट लुटिएको सुनको मुन्द्रा बरामद

Image
Nisarga Hospital

धनगढीमा हत्या गरिएका १० वर्षीय तनुज चौधरीको कानबाट लुटिएको सुनको मुन्द्रा प्रहरीले मुख्य अभियुक्त खेमराज कठायतको घरबाट बरामद गरेको छ। असार १२ गते धनगढी–१७ स्थित कालिका सामुदायिक वनमा तनुज मृत अवस्थामा फेला परेका थिए।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगङ्गा नगरपालिका–६ निवासी २५ वर्षीय खेमराज कठायत लागुऔषध दुर्व्यसनी रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनले पैसाको लोभमा बालकको हत्या गरी करिब एक आना बराबरको सुनको मुन्द्रा लुटेको स्वीकार गरेका छन्। हत्या गरेपछि उनले मुन्द्रा पाइन्टको खल्तीमा लुकाएको र पछि आफ्नै घरमा राखेको खुलेको प्रहरीले जनाएको छ।

Attariya Hospital

प्रहरीले मंगलबार कठायतको घरमा खानतलासी गर्दा उक्त मुन्द्रा बरामद गरेको हो। तनुज असार १० गतेदेखि बेपत्ता भएका थिए भने खोजीका क्रममा दुई दिनपछि उनको शव सामुदायिक वनमा भेटिएको थियो।

nawajiwan

प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले घटनाको १० दिनपछि भारततर्फ भाग्ने तयारीमा रहेका कठायतलाई धनगढी–२ भन्सार रोडबाट पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।