नयाँ प्रणाली लागू गर्न बैतडीमा पाँच दिन राहदानी आवेदन सेवा बन्द

Image
Nisarga Hospital

जिल्ला प्रशासन कार्यालय बैतडीले नयाँ राहदानी प्रणाली कार्यान्वयनका कारण पाँच दिन राहदानी आवेदनसम्बन्धी सेवा बन्द रहने जनाएको छ। कार्यालयले सूचना जारी गर्दै असार २४ गतेदेखि असार २८ गतेसम्म नयाँ राहदानीका लागि आवेदन दर्ता गर्ने सेवा स्थगित रहने जानकारी दिएको हो।

CP Hospital Dhangadhi

सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाका अनुसार राहदानी विभागले देशभर नयाँ राहदानी प्रणाली लागू गर्ने तयारी गरेकाले सोहीअनुसार बैतडीमा पनि आवेदन सेवा अस्थायी रूपमा बन्द गरिएको हो।

Attariya Hospital

यद्यपि, राहदानी तयार भएको भन्दै एसएमएस प्राप्त गरिसकेका सेवाग्राहीले भने कार्यालयबाट आफ्नो राहदानी नियमित रूपमा बुझ्न सक्नेछन्। साथै, राहदानी नवीकरणसम्बन्धी सेवा पनि यथावत् सञ्चालन हुने प्रशासनले स्पष्ट पारेको छ।

nawajiwan

प्रशासनका अनुसार नयाँ राहदानीका लागि आवेदन भर्ने सेवामात्र प्रभावित हुने भएकाले अन्य आवश्यक राहदानी सेवामा कुनै अवरोध नहुनेछ। असार २९ गतेदेखि भने नयाँ प्रणालीमार्फत राहदानी आवेदन सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।