आर्थिक सुधारमा निजी क्षेत्रसँग सरकारको सहकार्य, प्रधानमन्त्री शाहले दिए उद्योगमैत्री वातावरणको प्रतिबद्धता

Image
Nisarga Hospital

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसाय, लगानी विस्तार तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रमुख प्रतिनिधिसँग उच्चस्तरीय छलफल गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

CP Hospital Dhangadhi

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उहाँले उद्योग सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। निजी क्षेत्र देशको आर्थिक विकासको महत्वपूर्ण साझेदार भएकाले उद्योगी–व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो।

Attariya Hospital

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सुधार तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवाद आवश्यक रहेको सुझाव दिएका थिए। प्रधानमन्त्री शाहले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा लैजाने आश्वासन दिनुभयो।

nawajiwan

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। छलफलले उद्योग प्रवर्द्धन, लगानी विस्तार र निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।