सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

Image
Nisarga Hospital

सर्लाहीको गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका छन्। मधेश प्रदेश प्रहरीका डीआईजी ओम अधिकारीका अनुसार घटनामा उनको शरीरको अधिकांश भाग जलेको छ र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका अनुसार मण्डल घरबाट करिब २०० मिटर टाढा पुगेपछि आत्मदाह प्रयास गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घरपरिवारसँगको विवादपछि उनले यस्तो कदम चालेको खुलेको प्रहरीले जनाएको छ। घटना हुँदा घरमा अन्य परिवारका सदस्य उपस्थित नरहेको पनि प्रहरीले जानकारी दिएको छ।

Attariya Hospital

यस घटनाबारे रास्वपा सांसद अमरेशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

nawajiwan