ऊर्जा क्षेत्रमा तीव्र विस्तार, एक वर्षमै ३,२११ मेगावाट जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति

Image
Nisarga Hospital

विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्, सौर्य ऊर्जा र प्रसारण लाइन निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। विभागका अनुसार गत वर्ष ३,२११ मेगावाट क्षमताका ९९ वटा जलविद्युत् आयोजना र ३११ मेगावाट क्षमताका सात वटा सौर्य ऊर्जा आयोजनाले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन्।

CP Hospital Dhangadhi

निर्माण चरणतर्फ १,८५७ मेगावाट क्षमताका २९ जलविद्युत् आयोजना तथा ३१ मेगावाट क्षमताका तीन सौर्य आयोजनाले उत्पादन (कन्स्ट्रक्सन) अनुमतिपत्र पाएका छन्। राष्ट्रिय विद्युत् प्रणाली सुदृढ बनाउन २२०, १३२ र ३३ केभी क्षमताका सयौं सर्किट किलोमिटर प्रसारण लाइन आयोजनालाई पनि सर्वेक्षण अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

Attariya Hospital

विभागले हालसम्म १२ हजार ३३६ मेगावाट क्षमताका २६४ जलविद्युत् आयोजना र ७४.६ मेगावाट क्षमताका १० सौर्य आयोजनालाई उत्पादन अनुमति जारी गरिसकेको छ। साथै ४००, २२०, १३२ र ३३ केभी क्षमताका प्रसारण लाइन निर्माणका लागि पनि व्यापक रूपमा अनुमतिपत्र वितरण गरिएको छ।

nawajiwan

विभागले वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ रोयल्टी संकलन गर्दै आएको जनाएको छ। उक्त रकम कानुनअनुसार प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने भएकाले स्थानीय आर्थिक विकास, पूर्वाधार विस्तार र ऊर्जा क्षेत्रको दीर्घकालीन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विभागकी महानिर्देशक मनदेवी श्रेष्ठले बताएकी छन्।