कुवेत ड्रोन आक्रमणमा नेपालीको मृत्यु, सरकारले कडा भर्त्सना गर्दै वार्ता र संयमताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

Image
Nisarga Hospital

उत्तरपूर्वी कुवेतको सीमावर्ती क्षेत्रमा इरानद्वारा सञ्चालित भनिएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै कडा शब्दमा भर्त्सना गरेको छ। परराष्ट्र मन्त्रालयले सर्वसाधारण नागरिकलाई लक्षित गरी भएको यस्तो आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै दोषीमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार जिम्मेवारी सुनिश्चित हुनुपर्ने जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयका अनुसार खाडी क्षेत्रमा बढ्दो सैन्य तनावका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार गम्भीर रूपमा सचेत छ। यस घटनाले नेपाली श्रमिकको सुरक्षामाथि थप चिन्ता बढाएको भन्दै सबै सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउन, हिंसा अन्त्य गरी संवाद र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरिएको छ।

Attariya Hospital

नेपाल सरकारले जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न सबै पक्षलाई पुनः आह्वान गरेको छ। साथै, घटनामा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश ल्याउने, परिवारलाई आवश्यक राहत उपलब्ध गराउने तथा आवश्यक सबै कूटनीतिक पहल अघि बढाइने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

nawajiwan