
अत्तरियाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा (कैलाली) ले करार सेवाअन्तर्गत प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धाबाट शिक्षक छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयका प्राध्यापक र सह–प्राध्यापक पदका लागि छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा सफल उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको जनाएको छ। अन्तिम नतिजामा परेका उम्मेदवारलाई २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
सार्वजनिक नतिजाअनुसार एनाटोमीमा ईजु श्रेष्ठ, फिजियोलोजीमा डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीमा चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीमा सरोज कुँवर, नर्सिङमा सीग्मा भट्टराई, ईएनटीमा भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगमा रविन्द्र देव भट्ट, जनरल सर्जरीमा विवेक खम्बु, एनेस्थेसियोलोजीमा रोविन खापुङ, डेन्टल सर्जरीमा नशिव पाण्डेय, बालरोगमा विकास भण्डारी, रेडियोलोजीमा अशोकराज पन्त तथा अर्थोपेडिक्समा शिवराज पनेरु सह–प्राध्यापक पदमा छनोट भएका छन्।


त्यसैगरी फोरेन्सिक मेडिसिनमा केशव श्रेष्ठ, फार्माकोलोजीमा विजय अर्याल, इन्टरनल मेडिसिनमा चिरञ्जीवी पन्त तथा अफ्थाल्मोलोजीमा विक्रमबहादुर थापा प्राध्यापक पदका लागि छनोट भएका छन्।
विश्वविद्यालयले यो नतिजा करार सेवामा शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणअन्तर्गत सार्वजनिक गरिएको जनाएको छ। साथै सफल उम्मेदवारलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित उपस्थित भई नियुक्ति प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।






























