नेपाली सेनामा जागिर लगाइदिने भन्दै लाखौं ठगी, एक पक्राउ

Image
Nisarga Hospital

नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार चन्दले नेपाली सेनामा जागिर लगाइदिने आश्वासन दिँदै एक व्यक्तिबाट २ लाख ४० हजार रुपैयाँ असुलेको आरोप छ। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका चन्दविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले रोजगारी वा सरकारी जागिर दिलाइदिने नाममा रकम माग्ने व्यक्तिको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता घटनामा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाहीलाई कडाइका साथ अघि बढाइने पनि प्रहरीले जनाएको छ।