विश्वकपमा मेसीदेखि रोनाल्डोसम्मलाई धम्की, सुरक्षा निकाय उच्च सतर्क

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ का क्रममा विश्व फुटबलका शीर्ष स्टारहरू लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसहित खेलाडी, अधिकारी तथा रेफ्रीले गम्भीर सुरक्षा चुनौती सामना गर्नुपरेको खुलासा भएको छ। स्पेनिस पत्रिका ‘इन्फर्मेसियन’को रिपोर्टअनुसार प्रतियोगिताका क्रममा बम आक्रमणको धम्की, खेलाडीको निगरानी तथा हजारौँ धम्कीपूर्ण सन्देश प्राप्त भएका थिए।

CP Hospital Dhangadhi

प्रहरी डोजियरअनुसार मेसी सबैभन्दा बढी निशानामा परेका खेलाडीमध्ये थिए। डल्लासमा अर्जेन्टिना र जोर्डनबीचको खेलअघि एक व्यक्तिले आफू र अन्य दुई जना रङ्गशालातर्फ जाँदै गरेको तथा उनीहरूसँग घरमै बनाइएको बम र राइफल रहेको दाबी गरेका थिए। धम्कीमा प्रहरी र दुवै टोलीका खेलाडीलाई निशाना बनाउने उल्लेख गर्दै विशेषगरी मेसीको नाम लिइएको थियो।

त्यस्तै, एटलान्टामा अर्जेन्टिना र इजिप्टबीचको खेलअघि सामाजिक सञ्जाल ‘एक्स’मा एक प्रयोगकर्ताले शरीरमा चारवटा बम बाँधेर रङ्गशाला प्रवेश गरी मेसीमाथि विस्फोटक पदार्थ प्रहार गर्ने धम्की दिएका थिए। सोही क्रममा रङ्गशालाका फोहोरदानीमा तीनवटा बम राखिएको दाबी गर्दै प्रहरीलाई फोन आएपछि विस्फोटक पदार्थ विशेषज्ञ, तालिमप्राप्त कुकुर र के–९ टोली परिचालन गरिएको थियो।

nawajiwan
Attariya Hospital

रोनाल्डो पनि सुरक्षा निगरानीमा परेका थिए। जुन १४ मा फिफाका एक कर्मचारीले रोनाल्डो बसेको स्थानबारे जानकारी सङ्कलन गरिरहेको संदिग्ध व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी दिएका थिए। त्यसपछि ह्युस्टन प्रहरीले जुन १६ मा पोर्चुगल टोली बसेकै होटलबाट ती व्यक्तिलाई पक्राउ गरेको रिपोर्टमा उल्लेख छ।

खेलाडी मात्र होइन, रेफ्रीहरूले समेत अनलाइन धम्की खेपेका थिए। फ्रान्सेली रेफ्री फ्रान्स्वा लेतेक्सिएले ह्वाट्सएपमा ६ हजारभन्दा बढी धम्कीपूर्ण सन्देश पाएको बताइएको छ।

यस्ता घटनापछि अमेरिकी सुरक्षा एजेन्सीसहित अन्तर्राष्ट्रिय प्रहरी संयन्त्रबीच समन्वय गरी खेलाडी, परिवार, होटल र रङ्गशालासँग सम्बन्धित सम्भावित जोखिमको निरन्तर निगरानी गरिएको रिपोर्टमा उल्लेख छ।