एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा, सन्दीप लामिछाने कप्तान

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२, २०२६ सम्म आयोजना हुने प्रतियोगिताका लागि लेग स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको छ।

CP Hospital Dhangadhi

क्यानले प्रतियोगिताका लागि अनुभवी तथा युवा खेलाडीलाई समेट्दै सन्तुलित टोली तयार गरेको जनाएको छ। घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

Attariya Hospital

एसीसी प्रिमियर कपलाई एसियाली क्रिकेटमा महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ। प्रतियोगितामा नेपालले आफ्नो बलिङ र ब्याटिङ दुवै पक्षलाई बलियो बनाउँदै प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्य राखेको छ। कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानेको नेतृत्वमा युवा तथा अनुभवी खेलाडीको संयोजनले नेपाली टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि टोलीले आवश्यक तयारी र प्रशिक्षण अघि बढाउनेछ।

nawajiwan