बिरामी मन्त्री लम्साललाई धनगढीबाट सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगियो

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका भौतिक तथा पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई थप उपचारका लागि धनगढीबाट काठमाडौं लगिएको छ। उनलाई आइतबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको हो।

CP Hospital Dhangadhi

नेपाल सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा बैतडी पुगेका बेला मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बैतडीमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको थियो। यसक्रममा आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बैतडी पठाइएको थियो। हेलिकप्टरमार्फत मन्त्री लम्साललाई बैतडीबाट धनगढी ल्याइएको थियो।

nawajiwan
Attariya Hospital

धनगढी ल्याइएपछि आवश्यक प्रक्रिया पूरा गरी साँझ उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो। मन्त्री लम्सालको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

सुदूरपश्चिम भ्रमणका क्रममा मन्त्री लम्सालले विभिन्न निर्माणाधीन पूर्वाधार आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए। स्वास्थ्यमा समस्या आएपछि उनको बझाङ, बाजुरा र अछाममा तय भएका निरीक्षण कार्यक्रमसमेत स्थगित गरिएको थियो।