सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो, टोलीमा विदेशी खेलाडी दुई पुगे

Image
Nisarga Hospital

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइनलाई निरन्तरता दिएको छ। कुगेलेइन लगातार तेस्रो सिजन सुदूरपश्चिमबाट खेल्ने भएका हुन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिमले यसअघि इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको थियो। कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा टोलीमा राखेसँगै तेस्रो संस्करणका लागि विदेशी खेलाडीको संख्या दुई पुगेको छ।

कुगेलेइनले एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमको बलिङ सम्हाल्दै प्रभावशाली प्रदर्शन गरेका थिए। उनले पहिलो संस्करणमा १७ विकेट लिएका थिए भने दोस्रो संस्करणमा १० विकेट हात पारेका थिए। टोलीमा पुनः फर्किन पाउँदा आफू उत्साहित रहेको कुगेलेइनले बताएका छन्।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनबाट अघिल्ला संस्करणमा जस्तै प्रभावकारी प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्। उनको अनुभव र बलिङ क्षमता टोलीका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ।

तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई निरन्तरता दिएको छ।

त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा अनुबन्ध गरिएको छ। नयाँ र अनुभवी खेलाडीको मिश्रणसहित सुदूरपश्चिमले तेस्रो संस्करणमा बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।