सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

CP Hospital Dhangadhi

विश्वासको मतको परिणाम घोषणा गर्दै प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा १५ मत परेको जानकारी दिए। बैठकमा कुल ४६ जना प्रदेश सभा सदस्य उपस्थित थिए।

Attariya Hospital

प्रदेश सभामा भएको मतदानसँगै मुख्यमन्त्री भट्टले सरकार सञ्चालनका लागि आवश्यक संवैधानिक आधारसहित विश्वासको मत प्राप्त गरेका छन्। भट्ट गत साउन २९ गते नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

nawajiwan

मुख्यमन्त्री नियुक्त भएपछि उनले प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। विश्वासको मत पाएसँगै प्रदेश सरकार सञ्चालनमा देखिएको राजनीतिक अन्योलसमेत केही हदसम्म हटेको छ।