टप इन्ड टी–२० मा नेपाल ‘ए’ को हार, नर्दन टेरिटोरीसँग ८ विकेटले पराजित

Image
Nisarga Hospital

अस्ट्रेलियामा आजदेखि सुरु भएको टप इन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ। नेपाल ‘ए’ ले दिएको १२३ रनको लक्ष्य नर्दन टेरिटोरीले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

CP Hospital Dhangadhi

नर्दन टेरिटोरीका डाउट्जी होगेनबुजेमले अविजित ५० तथा जोर्डन सिल्कले नटआउट ४२ रन बनाए। नेपाल ‘ए’ का पवन सर्राफले दुई विकेट लिए।

यसअघि डार्बिनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रन बनाएको थियो। पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। नर्दन टेरिटोरीका हमिश मार्टिनले तीन विकेट लिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपाल ‘ए’ ले अब भोलि बङ्गलादेशको हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। त्यसपछि भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अस्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ।

Dhnagadhi & Krishanapur