एनपीएलमा चितवन राइनोजको ‘स्टार’ इन्ट्री, सिकन्दर राजा विदेशी खेलाडीका रूपमा अनुबन्ध

Image
Nisarga Hospital

जिम्बाब्वेका अनुभवी अलराउण्डर सिकन्दर राजा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले आगामी सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ।

CP Hospital Dhangadhi

ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाडी मानिन्छन्। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा लामो अनुभव बटुलेका उनको आगमनले चितवनको टोली थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

राजाले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। उनको आक्रामक ब्याटिङ, उपयोगी स्पिन बलिङ र अनुभवी नेतृत्वले एनपीएलमा चितवनलाई महत्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ।

nawajiwan

तेस्रो संस्करणको एनपीएलमा चितवन राइनोजसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तय भएको छ। सिकन्दर राजाको अनुबन्धसँगै चितवनको टोलीप्रति समर्थकको उत्साहसमेत बढ्ने देखिएको छ।