
अत्तरिया: नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गोदावरी नगरपालिकाका सबै वडामा वडा अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन निर्धारित कार्यतालिकाअनुसार सम्पन्न भएको नगर कार्यसमितिले जनाएको छ।

नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गोदावरी नगरपालिकाका १२ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सबै वडामा नयाँ वडा सभापतिसहित नेतृत्व चयन गरिएको छ।
निर्वाचित वडा सभापतिहरूको विवरण यस्तो छ :
वडा नं. १ — नरबहादुर बलायर
वडा नं. २ — वीरबहादुर महरा
वडा नं. ३ — दुर्गाप्रसाद भट्ट
वडा नं. ४ — शोभनसिंह मल्ल
वडा नं. ५ — कन्नार राना
वडा नं. ६ — धन बहादुर खड्का
वडा नं. ७ — ठक्कर बहादुर मगर
वडा नं. ८ — राजबहादुर राउत
वडा नं. ९ — रामसाही राना
वडा नं. १० — भीम बहादुर मल्ल
वडा नं. ११ — कलसा बडैला
वडा नं. १२ — तुलसा बोहरा



वडा अधिवेशन सम्पन्न भएसँगै अब गोदावरी कांग्रेस नगर अधिवेशनको तयारीमा जुटेको छ। नगर कार्यसमितिका अनुसार असोज २० गते बिहान ११ बजे नमस्ते पार्टी प्यालेसको हल, अत्तरियामा नगर अधिवेशन आयोजना हुनेछ।
नगर कार्यसमितिले अधिवेशनमा नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, शुभेच्छुक तथा समर्थकलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
यसैबीच, अधिवेशनका क्रममा कांग्रेसका नेताहरूले पार्टीलाई जनताको घरदैलो र समाजसँग अझ नजिक जोड्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। वक्ताहरूले अग्रज नेता विरेन्द्र भट्टले वडा अधिवेशनमा सहभागी तथा क्षेत्रिय प्रतिनिधि लाई प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै गोदावारी नगरपालिका नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता विरेन्द्र भट्टले जनताको सुख–दुःखमा साथ दिने तथा समाजको हित र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्।






























