बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका २० वर्षीय युवक मृत फेला

Image
Nisarga Hospital

बाजुराः बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहरा आइतबार बिहान मृत फेला परेका हुन्।

CP Hospital Dhangadhi

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार सम्पर्कविहीन युवकको खोजीका लागि आइतबार बिहान सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। खोजी गर्ने क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका हुन्।

मृतक बोहराको शव तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि हिमपातका कारण बडीमालिकाको त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ निवासी २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा भारी हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा अलपत्र परेका थिए।

Dhnagadhi & Krishanapur