अत्तरिया बजारमा अव्यवस्थित व्यापार नियन्त्रण गर्न उद्योग वाणिज्य संघको माग, सुरक्षा निगरानी बढाउन आग्रह

Image
Nisarga Hospital

अत्तरिया: चाडपर्वको समयमा अत्तरिया बजारमा देखिने अव्यवस्थित व्यापारिक गतिविधि नियन्त्रण गर्न तथा शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन अत्तरिया उद्योग वाणिज्य संघले स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएको छ।

CP Hospital Dhangadhi

संघले गोदावरी नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीलाई छुट्टाछुट्टै पत्र पठाउँदै बजार व्यवस्थापन, नियमित अनुगमन तथा सुरक्षा निगरानी बढाउन माग गरेको हो।

नगरपालिकालाई पठाइएको पत्रमा अत्तरिया बजारका विभिन्न चोक तथा सडक किनारमा व्यवसाय दर्ता नगरी ठेला, गाडा र अन्य माध्यमबाट व्यापार सञ्चालन गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। विशेषगरी चाडपर्वको समयमा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा व्यापार सञ्चालन हुँदा बजार व्यवस्थापनमा समस्या सिर्जना भएको संघको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दर्ता तथा राजस्व प्रक्रियामा नआएका व्यवसायका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा समस्या देखिएको तथा सडक तथा सार्वजनिक स्थानमा सामान बिक्री वितरण भइरहेको संघले जनाएको छ।

संघले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित बजार अनुगमन, व्यवसाय दर्ता तथा राजस्व संकलनलाई प्रभावकारी बनाउन, खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न र अव्यवस्थित ठेला तथा गाडाको उचित व्यवस्थापन गर्न नगरपालिकासँग आग्रह गरेको छ।

त्यस्तै, चाडपर्वमा हुने भीडभाडका कारण चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीलाई बजार क्षेत्रमा नियमित गस्ती र सुरक्षा निगरानी बढाउन अनुरोध गरेको छ।

चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकार, प्रहरी प्रशासन र व्यवसायीबीच आवश्यक समन्वय हुनुपर्ने संघले जनाएको छ।

Dhnagadhi & Krishanapur