मनमोहक प्रकृति

Image
Nisarga Hospital

अग्ला नीला गगनतलकी – रम्यकी रुप मेरी ।
मान्दैनन् यी नयनद्वयले – रुप तिम्रो नहेरी ।।
अग्लेकी छ्यौं प्रतिदिन तिमी – व्योम त्यो चुम्नलाई ।
स्वर्लोकैका वन सुमनको – बासना सुघ्नलाई ।।
।।१।।
पाउ तिम्रा धरणितलमै – रम्यता चुम्छ व्योम ।
धर्ती हेर्ने मन यदि भए – खोल रे बन्द नैन ।।
यैं छन् मेरी प्रकृति रमणी – यैंछ मेरो हिमाल ।
यंै छन् सङ्ग्ला नद अनि नदी – यैंछ धर्ती विशाल ।।
।।२।।
कल्ले सिज्र्यो रमितपनको – यो धरित्री विराट ।
कल्ले पार्यो विविध पनको – रम्य यो छाँटछकाँट ।।
कल्ले ल्यायो धरणि नभमा – पारिलो घाम छायाँ ।
हावा–पानी रवि–शशि सितै – गर्छु है मोह माया ।।
।।३।।
स्रष्टा तिम्रै सकल रचना – रुप छन् है विराट ।
मैले तिम्रो विसद् महिमा – गर्छु है आत्मसात ।।
मैछु श्रद्धावनत दिनहुँ – झुक्छ यो उच्च माथ ।
धर्ती माता अटल बनिद्यौ – भन्छ र्नाैलो प्रभात ।।
।।४।।
ए मान्छे हो Û नगर कहिल्यै – यो धरामा कुकर्म ।
स्रष्टाको यो स्वरुप पनि हो – गर्नु समझी सुकर्म ।।
हाम्रा लेखा सुखदपनको – सिर्जियो भूमि व्योम ।
आभारी भै प्रभुसित सदा – बुझ्नु पर्ने छ मर्म ।।
।।५।।
हेरेका छन् ग्रहगणहरु – नित्य कर्तव्य हाम्रा ।
राखेका छन् गतिविधि सबै – हेर राम्रा–नराम्रा ।।
सम्झी ठूलो धरणि नभ यो – स्नेहमा बाँच्नु पर्छ ।
यै धर्तीमा मनुज सबले – श्रेष्ठ भै बस्नु पर्छ ।।

CP Hospital Dhangadhi

निर्मलकुमार भण्डारी

गोदावरी- ४, बास्कोटा, कैलाली ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur