मोटरसाइकलको ठक्करबाट डडेल्धुरा घर भएका प्रहरी जवानको ज्यान गयो

Image
Nisarga Hospital

डडेल्धुरा घर भएका एक प्रहरी जवानको मकवानपुरमा मोटरसाइकलको ठक्करबाट ज्यान गएको छ। मृत्यु हुनेमा डडेल्धुराको आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडी रहेका छन्।

CP Hospital Dhangadhi

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। बुधबार बिहान पौने ७ बजेतिर मोटरसाइकल हेटौंडाबाट नवलपुर जाँदै गरेको थियो।

प्रहरी जवान ऐडी (फिजिकल ट्रेनिङ–व्यायाम) पिटी गर्नेक्रममा दौडिरहेका थिए। त्यसक्रममा थानाभर्‍याङमा मोटरसाइकल अनियन्त्रित भई प्रहरी जवान ऐडीलाई ठक्कर दिएको थियो। ठक्कर दिएर मोटरसाइकल पनि पल्टिएको डिएसपी भण्डारीले जानकारी दिए।

nawajiwan
Attariya Hospital

दुर्घटनापछि घाइते भएका प्रहरी जवान ऐडीलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थियो। त्यहाँ चिकित्सकले साढे ७ बजे मृत घोषणा गरेको डिएसपी भण्डारीले बताए।

उनकाअनुसार मोटरसाइकल चालक हेटौंडा–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।

उनलाई पनि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ। मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो। बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्रीको बायाँ खुट्टा, हातमा चोट लागेको हो। उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।