दार्चुलाकाे हुनैनाथ बन्ड सलेतीकाे महिमा :

Image
CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश महाकाली अञ्चल दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका उकु – ६ बन्ड सलेतीकाे सुन्दर रमणीय स्थानमा याे मन्दिर अवस्थित छ । बन्ड सलेती भनेपछि बन्डकाे शाब्दिक अर्थ उल्लेखगर्नु सान्दर्भिक हुन्छ । बन्ड भनेकाे ताल वा पानी भएकाे खाडल भन्ने अर्थ लाग्दछ । प्राचीन कालमा उक्त मन्दिर भएकाे ठाउँमा ताल वा पानी भएकाे खाल्डाे हुनु पर्दछ भन्ने अडकल गर्न सकिन्छ । ताल भएकै कारणले हुनसक्छ हुनशिखरलाई जलदेवता पनि भनेकाे । बरदानी ढाेकाकाे नामले चर्चित हुनैनाथ कसैकाे संरक्षणकाे पर्खाइमा रहेका बेला पर्खेकाे मान्छेहरूले कुनै पर्वाह नगर्दा हुन्शिखर दु:खी भएकाे कुरा महसुस गरिएकाे छ ।

कुरा यथार्थ हाे है ! सायद म बढी आध्यात्मिक भएर हाेकि ! यसकाे अर्थ अन्यथा नलागेर जनता रिसाएका भन्ने बुझ्नु पर्दछ । यस आर्थिक वर्षमा संघ, प्रदेश वा स्थानीय तहबाट उक्त मन्दिर गाउँमा कुनै एक याेजना सम्म पनि नपर्नु बिडम्बना नै भन्नु पर्दछ । दुःखमा बन्दना, सुखमा … हुनैनाथ, हुन्शिखर जुन नामले पुकारे पनि शिव रुप नै हुन् । काठमाण्डाैमा पशुपतिनाथ शिवजीकाे मूल मन्दिर भए पनि नेपालका विभिन्न ठाउँहरूमा शिव, पशुपति मन्दिरहरू रहेका छन् । शिव महादेवका नाम र रुप अनेक भए झैं हुन्शिखर पनि एक हाे । हुन्शिखरकाे मूल वासस्थान औतालेक भए पनि शिव ज्याेतिर्लिङ्गकाे एक हिस्सा सलेती बन्डमा प्राचीनकालमा देखा परि पूर्वजहरूले उक्त ज्याेतिर्लिङ्गकाे महिमा तथा बरदान देखेर आफूहरू प्रफुल्ल भई साेहि दिनदेखि उक्त लिङ्गकाे धूप,दीप, फूल, अक्षता, चन्दन सहित पूजापाठ गर्दा मन्दिर समेत चमत्कारिकरुपमा निर्माण भएकाे कुरा जनश्रुतिमा आधारित छ । हुनैनाथ बन्ड सलेतीमा हुनैनाथकाे ज्याेतिर्लिङ्ग नै हाे ।

nawajiwan

साथै मन्दिरपनि चमत्कारिक रुपमा निर्माण भएकाे जनश्रुति रहेकाे छ । हुनैनाथका मन्दिरलाई बरदानी ढाेका पनि भनिन्छ । चाेखाेभाेकाेभई तनमनले हुनैनाथ बन्ड सलेतीमा आराधना गरेमा वा पूजापाठ गरेमा नि:सन्तानलाई सन्तान, निर्धनीलाई धन लाभहुने, सत्रु क्षयहुने, मनाेकामना पुराहुने जनविश्वास रहेकाे छ । हुनैनाथ स्वामीकाे जप ध्यान गर्नाले मनले चिताएकाे कुरा पूरा हुने जनविश्वास रहेकाे छ । यस मन्दिरमा प्रत्येक वर्ष हरेक धार्मिक कार्यहरू गाेंरा, खेडी, जात्रा, नवरात्र, न्वाकी चढाउने, हरेलाे चढाउने, विभिन्न भाकल स्परुप पूजापाठ हुने गर्दछन् ।

श्री हुाैनाथ छिप्लकेदार र भागाश्रीकाे काेखबाट अवतार भएकाे कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झाेडाे, फाग, सगुन आदिबाट पुष्टि हुन्छ । दाेभाषे कुरा गर्दा पाठकहरुकाे मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हाे आफूलाई पाठककाे रुपमा हेर्दा । हुनैनाथकाे उत्पत्ति सम्बन्धी केही राेचक प्रसंगहरु मैले हुनैनाथकाे महिमा र औतालेकीहरूकाे संक्षिप्त वंशावलीमा उल्लेख गरिएकाे छ ।

यस मन्दिरमा विभिन्न पर्वहरू जात, गाैंरा आदिमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विगल), भाकल सहितका केही मूर्तिकाे साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलकाे संगीतमय धूनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् । मन्दिरमा जात, गाेरा लगायतका महत्त्वपूर्ण चाडपर्वहरूमा भणारी घरबाट देवताकाे गहना स्वरुप छात, छडी, डाेली, तापदानी, चाैरीगाईकाे पूछ, भाेकर, भाला, विभिन्न मुर्तिहरू, दमाहा, रेशम वस्त्र, कुणी, पगरी, पानस, विगुल, झ्याली, शंख आदि पुजन सामग्रीहरू दमाहा, झ्याली, विगुल, शंखकाे संगीतमय धुनमा मन्दिरमा लगिन्छ ।

Attariya Hospital

हुनैनाथ रानीबास माता बन्डको पूर्वमा अम्तोलाहुँदै चुरे पर्वत बन्थाला, पश्चिममा महाकाली नदी, उत्तरमा भोल्यानीहुँदै पिठी गाउँ र दक्षिणमा ढकनाघर हुँदै शान्तिपुर (श्यार) र कुर्ज्यानी गाउँ रहेकाे छ । हुनैनाथ रानीबास भनेपछि हुनैनाथ देवताका पत्नी (रानी) द्याैपा रानीकाे बास्थान हुनु पर्दछ । यस मन्दिर परिसर भित्र विभिन्न प्रजातिका वनस्पतिहरू साल,बासिङ्गो,रुइनो, स्थानीय भाषामा कोश्या, तितेपाती (कुर्जो), भट्या, कुरो, विभिन्न झाडी, बुट्यान, बिच भागबाट बाह्रै महिना पानी फुटिरहने, प्राकृतिक मुहान जसबाट जाडाे मौसममा तातो पानी र गर्मी माैसममा चिसो पानी आउने गर्दछ । जुन रसुवा जिल्लामा रहेको तातोपानीको कुण्ड जस्तै सिमसार क्षेत्र हाे भन्दा अत्युक्ति नहाेला ।

उक्त सिमसार क्षेत्रमा रहेको पानीमा विभिन्न स्वास्थ्यलाई फाइदागर्ने खालका रसायन मिश्रित पानी भएकाेेले सफा पिउनयाेग्य छ । अझ उक्त पानीकाे परीक्षण गर्नसके राम्राे हुने थियाे । पानी परीक्षणकाेलागि वडा कार्यालय वा सृथानीय निकायलाई विशेष अनुराेध गर्न चाहन्छु । पश्चिमपट्टि रहेका सिम खेतहरूमा सिचाई गरेर कृषिकार्यकाेलागि उपयाेगी छ । धान, गहुँ मकै लगायतका अन्नबाली तथा नगदेबाली सर्साें, तोरी र लाहीकाे उत्पादन हुने गर्दछ । मन्दिरकाे चारैतर्फ वनस्पति र स-साना झाडी बुट्यानका कारण र समथर भू-भागले भक्तालु र धार्मिक श्रद्धालु भक्तजनहरूका लागि पूजापाठ र रातीमा औराद (जागरण) गर्न अति आनन्ददायी र रमणीय वातावरणरहेकाे छ ।

मन्दिरमा छिमेकी मुलुक भारतका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गर्दछन् । यस स्थानमा बसाेबासगर्ने जातजातिहरूमा औल्लेकी हंश राज भट्टका सन्तान औल्लेकी धामीहरूकाे बसाेबास रहेकाे छ । कुचाकोटमा पार्की, बाँकुमा चन्द, ओड, हुड्के, दमाई, ढोली, तिरुवा, टमटा, लुहार, पार्की, मौर, जातिकाे बसाेबास रहेकाे छ । बस्यानी गरडामा टमटा, पार्की, लुहार, आदि र उकुमा पाल, महरा, सामन्त, चन्द पाल ठकुरी, महरा सामन्त,थलाबन्थलामा भाट, थापा, गुरुङ, लेखक र च्युरानीमा गिरी, कुर्ज्यानीमा ठगुन्ना, पाल, धामी, बाँकुमा विष्ट, चन्द, ठगुन्ना, ओझा, पाल, पन्त र गरडामा ठगुन्ना,महरा, शान्तिपुर (स्यार) मा धाामी, मल्ली कुचाकोटमा महरा, भोल्यानीमा धामी बन्धु र दलितमा तिरुवा,मौर र टमटा सलेती बगड नदीको छाल वा किनार वा बेसीमा अधिकतम धामी बन्धु र दुई परिवार अवस्थी ब्राह्मण रहेका छन ।

स्थानिय जातका चराचुरुङ्गी मैना, परेवा, भङ्गेरा, सुगा, काग ,बाज, लाटोकोसेरो , तितरा, कालिज, सिन्टलाे, कुइँयाे, लामपुछ्रे, भेकुणाे, गडमाल्ली र चमेरोका लागि शान्त रमणीय पातल र सिमसार बासस्थान पनि रहेको छ । साथै स्थानिय जडीबुटि र जङ्गली जनावर बाँदर, लङ्गुर, खरायो, दुम्सी, लोखर्के, स्याल, न्याउरी र कहिलेकाँही चितुवा र बँदेल समेतकाे अस्थायी बासस्थान रहेकाे देखिन्छ।

मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४
गाेठ्युडी, दार्चुला
स्राेत :
– पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास,
महेन्द्रनगर ।
– जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट ।
– गुगल र अन्य सामाजिक सञ्जाल ।
– पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत ।
– स्थानीय वुद्धजिवी तथा शिक्षक श्री टिकेन्द्र सिंह धामी
– फाेटाे : टिकेन्द्र सिंह धामी