स्प्रुजो कप फूटबल प्रतियोगिता : अत्तरियाको विजयनगर टिम विजेता

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया संगम वाटर इन्डष्ट्रिज स्प्रुज कप फूटबल प्रतियोगिताको विजेता विजयनगर टीम भएको छ । शनिबार भएको फाइनल खेल अत्तरियाको विजनगर टिम र आयोजक सृजनशिल युवा क्लवको टीम बीच भएको थियो ।
माघ २ गते देखि सुरु भएको अत्तरियाको सृजनशिल युवा क्लवको खेल मैदानमा ‘अण्डर नाईन्टिन’ स्प्रुज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा विजयनगर टीमले आयोजक सृजनशिल टीमलाई ३–० गोल हानि विजेता भएको हो ।

CP Hospital Dhangadhi

मंगलबार अर्थात माघ २ गते देखि शुरु भएको प्रतियोगिताको शनिबार गोदावरी नगरपालिका नगर प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष गोपालदत्त भट्टद्वारा समापन गरे । प्रमुख अतिथि वडा अध्यक्ष गोपालदत्त भट्टले खेल राष्ट्रकै पहिचान भएको हुँदा क्लबको उक्त कदम सहनीय भएको बताए । उनले सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आइरहेको सृजनशिल युवा क्लवलाई नगरपालिका तथा वडाको साथै आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

खेल प्रतियोगिता भरी सर्वाधिक गोल हानेर सृजनशिल युवा क्लव टिमका खेलाडी याफाश ताम्राकार उत्कृष्ट स्कोरर भएका थिए । यस्तै उत्कृष्ट गोल कीपरमा विजयनगर टीम खेलाडी ओम विक रहेको र उत्कृस्ट खेलाडीमा विजयनगर टीमकै खेलाडी पारस आउजी रहेका थिए भने उत्कृष्ट डिफेन्डरमा सृजनशिल क्लवका खेलाडी हिक्मत महरा रहेका थिए । राइजिङ खेलाडी सृजनशिलका खेलाडि दिवश भट्ट रहेका थिए ।

nawajiwan
Attariya Hospital

‘स्वास्थ लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ खेलको प्रायोजक अत्तरियाको धनगढी रोड स्थित संगम वाटर इन्डष्ट्रिज स्प्रुज रहेसंगै खेल प्रतियोगिताको आयोजना सृजनशिल युवा क्लवले गरेको थियो । फुटबल प्रतियोगिताको आयोजक सृजनशील युवा क्लव वि सं २०५४ सालमा स्थापित भई यस क्षेत्रकै सबै भन्दा पुरानो रहेको र विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ । क्लवले सामाजिक रुपमा सक्रिय भएर विभिन्न कार्यक्रम साथै स्थानीयहरुलाई उत्प्रेरित गर्नकालागि यस्ता मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको जनाएको छ ।

खेल प्रतियोगितामा आयोजक टिम सहित १६ वटा टिमको सहभागिता भएको साथै प्रतियोगिता १९ वर्ष ननाघेका खेलाडीहरुको सहभागीत रहेको थियो । विशेष गरी विभिन्न क्लबका सदस्यहरुसँग भेटघाट, मैत्रीपुर्ण हुन गएको अण्डर १९ प्रतियोगितामा प्रवेश शुल्क १ हजार मात्र राखिएको साथै ऊत्कृष्ट खेलाडी, उत्कृष्ट गोल कीपर लगायत विभिन्न विधामा खेलाडीहरूलाई, प्रमाणपत्र, मेडल सहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिता नकाउट प्रक्रियामा खेलाईएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, अभिभावक, खेलाडी, व्यवसायी, खेलप्रेमी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।