अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार सह-संयोजक सहित ७ जनाले राजीनामा दिने घोषणा

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार सह-संयोजक सहित ७ जना सल्लाहकारले राजीनामा दिने घोषणा गरेका छन् ।

CP Hospital Dhangadhi

सल्लाहकार सह-संयोजक धनादेवि चोखाल, सल्लाहकारहरु नैनसिंह कार्की, धर्मसिंह कुँवर, आनन्द भट्ट, राम सापकोटा, टिकारम आचार्य, र गणेश बोगटीले राजीनामा दिने घोषणा गरेका हुन् ।आइतबार राजीनामा बुझाउने तयारी रहेको धर्मसिंह कुँवरले जानकारी दिएका छन् ।

आज अत्तरियामा बसेको व्यवसायीको भेलामा उनिहरुले नक्कली टिकट प्रकरणको छानबिन सकिन्जेलसम्मकालागि राजीनामा दिने र त्यसपछि परिस्थिति अनुसार निर्णय लिने बताएका हुन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

साथै नक्कली टिकट प्रकरणको निष्पक्ष छानबिनकालागि दवाव दिन आजै गणेश बलायरको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति र विर बहादुर चोखालको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

Dhnagadhi & Krishanapur