धनगढीमा पहिलो कानूनी हाजिरी जवाफ प्रतियोगिता हुदै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको धनगढीमा पहिलो कानूनी हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । बोलन्या थलीको आयोजनमा यही माघ २० गते धनगढीको कैलाली जनपुस्तकालयमा हुने भएको छ ।

CP Hospital Dhangadhi

अमेरिकन कर्नर धनगढीको सहकार्यमा संचालन हुने प्रतियोगितको प्रायोजन डेनोभो ईन्स्च्यिुट अफ ल ले गरेको छ । बिद्यालयहरुको प्रतिनिधित्व हुने गरी एक विद्यालयबाट दुई समुह सम्म सहभागी गराउन पाइनेछ जस्मा कानून विषय पढेको हुनु पर्ने जानकारी पदम वहादुर साउदले बताए  ।

यस्ता छन प्रतियोगिताका विषयहरु
१- नेपालको संविधान र संवैधानिक विकासक्रम
२- विधिशास्त्र
३- मुलुकी देवानी संहिता र अपराध संहिता २०७४
४- कक्षा ११ र १२ का अनिवार्य विषयहरु
५- सामान्यज्ञान
६- समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय घटनाक्रम
७- श्रव्यदृश्य सामाग्री

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
  • प्रतियोगिताका नियमहरू :-

१- एक विद्यालयबाट दुई समुह सम्म सहभागी गराउन पाइनेछ । सहभागीहरु कानुन पढ्ने विद्यार्थी हुनुपर्नेछ ।
२- एक समुहमा तिन जना विद्यार्थी हुनुपर्नेछ र समुहमा एक जना महिला सहभागी अनिवार्य रुपमा राख्नुपर्नेछ ।
३- सहभागीता लागि समूह दर्ता यहि मिति २०८०/१०/१७ गते भित्र तल दिइएको फर्म भरी वा दिएको नम्बरमा सम्पर्क गरि नाम टिपाउनु पर्नेछ ।
सम्पर्क नम्बर – 974-9751424
फाराम भर्न लिंक – https://form.jotform.com/240252287173454

Dhnagadhi & Krishanapur