कञ्चनपुरको पुनर्वासमा भागेश्वर चिनी मिल सञ्चालनमा आएपछि किसानहरु उखु खेतितिर आर्कषित

Image
Nisarga Hospital

धनगढीः कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा भागेश्वर चिनी मिल सञ्चालनमा आएपछि किसानहरु उखु खेति तिर आर्कषित भएका छन् । त्यहाँका स्थानीयका लागी आयस्रोतको माध्यम समेत बनेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नं २ मा रहेको उक्त मिलले स्थानियलाई आर्थिक विकासमा टेवा पुर्याइरहेको बताईएको छ ।

CP Hospital Dhangadhi

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बढी तथा डुवानका कारण धान वाली उब्जनी कम हुने हुदा किसान अहिले उखु खेतीबाट लाभ लिन थालेपछि त्यता आकर्षित भएका हुन् । चिनीमिल सञ्चालन हुनु भन्दा अगाडी स्थानीयले उखुखेति कम गर्ने गरेका थिए । मिल सञ्चालनमा आयपछि त्यहाँका स्थानियहरुले सयौ विघामा व्यवसायिक तरिकाले उखु खेती गर्न थालेका छन् । उत्पादन गरेका उखुले बजार पाउन थालेको स्थानीयले बताएका छन् ।

किसानहरुका लागी उखु खेती नगदेबाली भएको स्थानिय जयराम तामाङले बताए । सबैतिर उखु खेति गर्दा गाउँनै सौन्दर्य देखिएको तामाङले बताए । ‘गहु, धान लगायत अन्य बाली डुवानले गर्दा आम्दानी कम हुन्थ्यो’ तमाङले भने–‘अहिले आफुले समेत २ विघाहा जमिनमा उखु खेती गरेको छु ।’ किसानले उत्पादन गरेका उखु गाउँबाट टाढा लगेर बिक्रि गर्न लाग्ने भाडा समेत बचत हुने गरेको अर्का स्थानीय किसान भीम बहादुर ऐडीले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

‘पहिला उखु महाकाली उखु मिलमा लगेर बेच्ने गथ्र्यै, टाढा थियो, समस्या हुन्थो, अहिले भागेश्वर मिलले आधुनिक कृषि औजार, बिउ बिजन दियो ’ उनले भने ‘१ विघाहाबाट उखु खेति सुरु गरेकोे अहिले २२ विघाहामा उखु खेति गरेको छु ।’ उखु खेतिबाट बार्षिक उनले २९ लाख आम्दानी गरेको बताए । धानबाली लगाउदा कुहिएर जाने गरेको तर उखु खेती गर्दा राम्रो आम्दानी भईरहेको पुनर्वासका किसान नरेस रानाले बताए । उनले भने ‘मिल सञ्चालमा नहुदाँ उखु बेच्न भारत जानुपथ्र्यो, अहिले गाउँमै मिल हुदाँ सहज भएको छ, उखु उत्पादन गर्न मेहनत पनि कम गर्नु पर्ने सजिलो छ ।’

चिनि मिलले दैनिक २५ हजार क्वीन्टल उखु क्रसिङ्ग गर्दै आएको भागेश्वर चिनि मिलका महाप्रबन्धक द्ववारीका पाण्डेयले बताएका छन् । पहिले कमी भएपनि अहिले कामले तिब्रता तथा किसानहरुका सबै उखु खरिद गर्न थालेपछि अहिले उखु किसानले उत्पादन बढाएका छन् । चार महिना लगातार चिनी मिलले २४औ घण्टा उखु क्रसिङ्ग गर्दै आएको महाप्रबन्धक पाण्डेयले जानकारी दिएका छन् । मिलको २५ लाख उखु क्रसिङ्ग गर्ने लक्ष्य लिएको छ । अहिले भागेश्वर चिनी मिलले कञ्चनपुर सहित कैलालीका केही स्थानमा किसानलाई उखु उत्पादनमा बिउ समेत बितरण गरिरहेको छ ।

Dhnagadhi & Krishanapur