
युबा ब्यबसायी ज्ञानेन्द्र खड्का ले गौरीगंगाको एक स्कुलमा १ लाख ६५ हजार बढिको भौतिक संरचना सहयोग गरेका छन् ।

आफैले अध्यन गरेको कलिका माध्यमिक बिधालयमा उनले कार्यक्रम संचालन गर्ने मंच बनाएर सहयोग गरेका हुन ।
मंच को मंगलबार एक औपचारिक कार्यक्रमका बिच खड्का कि आमा चन्दा देबी खड्काले उदघाटन गरिन् ।




उक्त मन्च बिधालयलाई समेत हस्तान्तरण गरिएको छ । आफुले अध्यन गरेको बिधालयमा बिबिध कार्यक्रम संचालन गर्न मंच आबश्यक भएकाले त्यही सजिलो होस् भनेर सहयोग गरेको खड्का ले बताए ।
उनले आगामी दिनमा पनि बिधालयलाई सकेको सहयोग गर्ने इच्छा रहेको बताए । खड्का अत्तरियामा रहेको बडिमालिका रि – कन्डिसनका संचालक हुन ।
उनी अत्तरिया उधोग बाणिज्य संघका सदस्य पनि हुन । खड्काले यश अधि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

































