यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार पत्रकार मुकुन्द भण्डारी सम्मानित

Image
Nisarga Hospital

कैलाली जनपुस्तकालयले रेडियो नेपालका पत्रकार, नेपाल पत्रकार महासंघका नेता मुकुन्द भण्डारीलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको छ।

CP Hospital Dhangadhi

पत्रकारिता मार्फत सुदूरपश्चिम क्षेत्रको भाषा संस्कृतिमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भण्डारीलाई जनपुस्तकालयले यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार हस्तान्तरण तथा सम्मान गरेको हो । उनलाई जनपुस्तकालयले शनिबार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी र यज्ञराज यात्रीले पुरस्कार हस्तान्तरण गरेको छ।

पत्रकारिता मार्फत डोटेली भाषा,संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान दिएको भन्दै पुस्तकालयले भण्डारीलाई अभिनन्दन गरेको जन पुस्तकालयका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जोशीले बताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जोशीले भण्डारीलाई नगद् १० हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरे ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पत्रकार भण्डारी रेडियो नेपालबाट प्रशारण हुने डोटेली भाषाका सस्थापक समाचार बाचक तथा कार्यक्रमका प्रस्तोता हुन्।सम्मानित भएका भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चारकर्ममा सक्रिय छन् ।

Dhnagadhi & Krishanapur