नेपाल क्रिकेट सङ्घद्धारा चार समितिका संयोजक गठन: विकास समितिमा धनगढीका सावद

Image
Nisarga Hospital

नेपाल क्रिकेट सङ्घ (क्यान) ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको छ।

CP Hospital Dhangadhi

केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन्। सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू(१९ प्रतियोगिताको संयोजक भएका घलेले त्यसयता विभिन्न प्रतियोगितामा नेपाली टिम र प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए।

क्यानले पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र सावद विकास समितिको संयोजक तोकेको छ । धिरेन्द्रले सुवास शाहीसँग मिलेर १२ धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका थिए। हालको केन्द्रीय समितिमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ। कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन्। महिला क्रिकेट विकास समितिको संयोजकमा दाङका प्रदिप मजगैया बनाउने निर्णय भएको छ। केन्द्रीय सदस्य मजगैयामा अहिले दाङ क्रिकेट लिग-२ सञ्चालन गर्ने तयारीमा छन्।

Dhnagadhi & Krishanapur