
मान सिंह धामी : नेपालको मात्र नभएर संसारकै सबैभन्दा पुरानो र संयमी धर्म हिन्दू धर्म हो । तत्कालीन भारत वर्ष तथा हालको नेपालको उत्तरी सीमामा रहेको हिमालयको काखमा तपोभूमि बनाएर बसेका हजारौं ऋषिमहर्षिकाे हजारौं वर्षको ध्यान तपस्या र साधनाबाट स्थापित भएको आर्य धर्म सनातन धर्म हुँदै हिन्दू धर्म भएको हो भन्ने जनविश्वास रहिआएकाे छ ।

यो हिन्दू धर्मको स्रोतग्रन्थ वेदलाई मानिएको छ । जैन, बुद्ध र शिख धर्मचाहिँ यही हिन्दू धर्मबाट विकसित भएका सम्प्रदाय -धार्मिक मत) धर्म हुन् । वेदमा अश्वमेघ यज्ञ -घोडाको बलिदिने कार्य)को व्यवस्था भएकाले हिन्दू धर्मबाट विकसित भएका जैन र बुद्ध धर्मले वेदलाई स्वीकार गर्दैनन् । यसै कुराले यी जैन र बुद्ध धर्मलाई हिन्दू धर्मको विकसित रूप भनिएको हो।
हिन्दु धर्म एक उत्कृष्ट धर्म हो, जसलाई प्रायः धार्मिक परम्पराहरू र दार्शनिक विद्यालयहरूको सङ्ग्रहको रूपमा वर्णन गरिएको छ । जुन भारतीय उपमहाद्वीपमा उत्पत्ति भएको हो । संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ “शाश्वत धर्म”, “अनन्त मार्ग” वा “अनन्त कानून” हो । हिन्दु धर्मको जरा वैदिक सिन्धु घाटी र द्रविड सभ्यताहरूमा छ, त्यसैले हिन्दु धर्मलाई संसारको सबैभन्दा पुरानो धर्म भनिन्छ ।

धर्म, कर्म, संसार, माया, मोक्ष र योग जस्ता धार्मिक पदहरूले गर्दा हिन्दु धर्मलाई विशिष्ट मानिन्छ । हिन्दु धर्ममा ठुलो सङ्ख्यामा शास्त्रहरू छन्, जुन दुई मुख्य कोटीहरूमा पर्छन्: श्रुति र स्मृति । महत्वपूर्ण हिन्दु ग्रन्थहरू वेद, उपनिषद्, पुराण, रामायण, महाभारत,
श्रीमद्भगवद गीता र आगमहरू हुन् ।
हिन्दु धर्मको इतिहास अति प्राचीन छ। यस धर्मलाई वेदकालबाट पनि पूर्वको मानिन्छ, किनभनें वैदिक काल र वेदहरूको रचनाको काल अलग-अलग मानिन्छ। त्यसको पछि यसलाई लिपिबद्ध गर्ने काल पनि धेरै लामो रहेकोछ । हिन्दू धर्मका सर्वपूज्य ग्रन्थ हो वेद । विद्वानहरूले वेदहरूका रचनाकालको आरम्भ ४५०० ई.पू.बाट मानेको छ । अथवा यो बिस्तारै रचिए र अंतत: पहिला वेदलाई तीन भागहरूमा संकलित गरिएको- ऋग्वेद, यजुर्वेद अनि सामवेद जसलाई वेदत्रयी भनिन्थ्यो । मान्यता अनुसार वेदको विभाजन रामका जन्मका पूर्व पुरुरवा ऋषिका समयमा भएको थियो । पछि अथर्ववेदको सङ्कलन ऋषि अथर्वा द्वारा गगरिएकाे भन्ने धार्मिक ग्रन्थहरूमा सुनिन्छ । त्यहीं एक अन्य मान्यता अनुसार कृष्णका समयमा वेद व्यासले वेदहरूको विभाग गरेर तिनलाई लिपिबद्ध गरेको थियो पनि भनिन्छ । हिन्दु धर्ममा विश्वासका प्रमुख विषयवस्तुहरूमा धर्म (नैतिकता/कर्तव्यहरू), संसार (आकांक्षाहरू र परिणामस्वरूप जन्म, जीवन, मृत्यु र पुनर्जन्म), कर्म (कार्य, अभिप्राय, र परिणामहरू) मोक्ष (लग्न र संसारबाट मुक्ति), र विभिन्न योगहरू (मार्ग वा अभ्यासहरू) रहृेका छन्। हिन्दु धर्ममा कुनै एक सिद्धान्तको निरंकुशता छैन । धर्मभन्दा पनि महत्वपूर्ण त याे जीवन जिउने मार्ग हो । हिन्दुहरूको कुनै केन्द्रीय सत्ता वा धर्मगुरु छैन जसको आदेश मान्नैपरोस् । यहाँ त अनेकौं मत र सम्प्रदाय छन् र सबैलाई उत्तिकै श्रद्धा गरिन्छ ।
हिन्दु धर्म सनातन धर्म हाे । हिन्दु धर्मका आफ्नै मूल्य मान्यता र धार्मिक सामाजिक संस्कारहरू रहेका छन् । मानिस जन्मदेखि न्वारन, अन्नप्रासन, चुडाकर्म, व्रतबन्ध, विवाह र त्यसपछिका पनि हाम्राे समाजपिच्छे फरक फरक अभ्यासहरू नभएका हाेइनन् ।

हिन्दु धर्ममा जीवनलाई निम्न चार चरणमा विभाजन गरिएकाे छ :
क. ब्रह्मचर्य जीवनको पहिलो अवधि हो, प्रशिक्षणको चरण
जुन विद्यार्थीले भिक्षुको रूपमा बिताउँछ, यौन परित्याग गर्ने
र गुरुको सेवामा संलग्न हुने, उहाँबाट आध्यात्मिक ज्ञान
प्राप्त गर्ने ।
ख. गृहस्थ पारिवारिक जीवन, काम ! यस आश्रममा काम र
अर्थको पुरुषार्थ गरिन्छ । हिन्दु परिवारको पुरुषको कर्तव्य
भनेको आफ्ना आमाबाबु, बच्चाहरू, पाहुनाहरू र सन्त
व्यक्तिहरूलाई समर्थन गर्नु हो ।
ग. वानप्रस्थ भनेको संन्यास र भौतिक संसारको पूर्ण त्यागको
तयारी हो । यस चरणमा, सबै भौतिक जिम्मेवारीहरू
क्रमशः वयस्क बच्चाहरूलाई हस्तान्तरण गरिन्छ र अधिक
समय आध्यात्मिक अभ्यासहरू र पवित्र स्थानहरूमा
तीर्थयात्राहरूमा समर्पित हुन्छ ।
घ. सन्न्यास जीवनको अन्तिम चरण हो, भौतिक संसारको पूर्ण
त्यागको चरण, जसको विशेषता तपस्या र आत्म-चेतना र
आध्यात्मिक अभ्यासहरूमा पूर्ण समर्पण हुन्छ । यस
आश्रममा मृत्युको क्षण र मोक्ष प्राप्तिको लागि आवश्यक
तयारी गरिन्छ ।
धन्यवाद !
मान सिह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी काेटबुङा
दार्चुला




























