
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ को खैरानाखोलाको कटान क्षेत्र वडा नं १ तल्लो चैतन्यपुर टोलमा तटबन्धनको कार्य सुरु भएको छ । गोदावरी नगरपालिकाद्वारा १२ लाख रकमबाट उक्त आयोजनाबाट सुरु गरिएको छ ।

बर्सातको समयमा जमिन कटान गरी खोलामा पानीको बहाव बढ्दैजाने समस्या आउदै गरेकोले उक्त गाउँबस्तीमा बाढी पस्नबाट र जनतालाई बाढीबाट जोगाउनका लागि तटबन्धन बिहिबार देखि ग्याविन जाली सहित तटबन्धन कार्य सुरु भएको छ ।




यस क्षेत्रमाका बासिन्दाहरुका लागि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट सँगै वडा अध्यक्षको स्थलगत अनुगमन र गाउँबासीको माग अनुरुप गोदावरीका बिभिन्न ठाउँ र बस्ती जोगाउनका लागि स- साना देखि बृहत किसिमका योजना अगाडी बढिरहेको जानकारी गोदावरी नगरपालिका वडा न. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले बताए ।




































