दार्चुलाको नक्तड गाउँकाे संक्षिप्त चिनारी

Image
Nisarga Hospital

मान सिंह धामी : सुदूरपश्चिम प्रदेशकाे दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिकाकाे संक्षिप्त परिचय सहित गाेकुलेश्वरकाे सिरानमा अवस्थित राजमार्गसँग जाेडिएकाे एक नमुना गाउँ नक्तड गाउँकाे पनि संक्षिप्त चिनारी लेख्ने प्रयास गरिएकाे छ ।

CP Hospital Dhangadhi

नेपाल राज्यको पुनः संरचना संगै नेपाल राज्यको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको साविकका गोकुलेश्वर, वोहरीगाँउ, ग्वानी, देथला, शिखर र रानीशिखर गरी ६ वटा गा.वि.स.साविकको संरचनालाई गाभेर मिति २०७३ साल फागुन २७ मा स्थापना भएको शैल्यशिखर नगरपालिकाकाे स्थापना भएकाे हाे ।

nawajiwan

चौलानी नदीको किनारमा अवस्थित याे नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ४० मिनेट उत्तरी अक्षाश र ८० डिग्री ३३ मिनेट पूर्वि देशान्तर सम्म फैलिएको यस नगरपालिकाको पूर्वमा मार्मा गाउँपालिका, पश्चिममा लेकम,गाँउपालिका र मालिकार्जुन गाँउपालिका उत्तरमा नौगाड गाउँपालिका र महाकाली नगरपालिका दक्षिणमा दार्चुला र वैतडी जिल्लाको सिमानामा रहेको चमेलिया नदि संग बैतडी जिल्ला सिमाना जोडिएको छ । शैल्यशिखर नगरपालिकाको कुलक्षेत्रफल ११७.८१ वर्ग कि.मी. रहेको शैल्यशिखर नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ ।

Attariya Hospital

नक्तड गाउँ शैल्यशिखर नगरपालिकाकाे वडा नम्बर – ९ अन्तर्गत गाेकुलेश्वरकाे सिरानमा अवस्थित एक सुन्दर रमणीय गाउँ हाे । याे गाउँ प्रत्यक्षरुपमा राजमार्गसँग जाेडिएकाेले यातायातकाे राम्राे सुविधा छ । यस गाउँकाे माथि सिरानमा ठुलसैन भन्ने ठाउँ रहेकाे छ । नक्तडकाे पूर्वमा गाेधरी, नाइल गाजरी र पश्चिममा ग्वानी, खाेल्सी, मिलमिली, पनेबाज लगायतका गाउँहरू रहेका छन् । यस गाउँमा क्षेत्री बिष्टहरूकाे बाहुल्यता रहेकाे छ । अन्य जातिहरूमा जाेशी, ब्राह्मण बिष्ट, पाण्डेय थरका मानिसहरू बसाेबास गर्दछन् । यस गाउँकाे मुख्य व्यावसाय कृषि नै भएतापनि नाेकरी, व्यापारमा समेत संलग्न रहेका छन् ।

यस गाउँकाे खेतीपातीमा धान, गहुँ, मकै, मास, मसुराे, ताेरी, गहत, भटमास, कागुन, गुराँस, तिल, आलस आदि मुख्य बाली हुन् । फलफूलमा आँप, केरा, आरु, आलुबखडा, मेवा आदिकाे उत्पादन हुने गर्दछ । तरकारीमा आलु, रायाे, काेपी, काउली, लसुन, धनिया, खुर्सानी, अदुवा, हल्दी, टमाटर आदिकाे उत्पादन हुन्छ । गाईभैंसी, बाख्रा पशु चाैपायाहरू आदिकाे पालन गरिन्छ । मैले नक्तड गाउँकाे परिदृश्य चित्रण गर्दैगर्दा पटम पटक धनगढी र दार्चुला आवतजावत गर्दा उक्त गाउँ राजमार्गमा पर्ने तथा मेरा नजिकका इष्टमित्र पनि भएकालेले नक्तड गाउँकाे बारेमा मलाई जानकारी भए अनुसार यहाँकाे अवस्था वर्णन गरेकाे व्यहाेरा अनुराेध गर्दछुँ । यस गाउँमा क्षेत्री बिष्टहरूकाे बाहुल्यता त छदैछ, त्यसमा पनि उनीहरू निकै मिलनसार, लगनशील, व्यापार व्यावसाय, निजामती कर्मचारी, शिक्षण लगायतका पेशामा संलग्न रहेका छन् ।

धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी काेटबुङा
दार्चुला
स्राेत :
राष्ट्रिय जनगणना २०७८ काे प्रतिवेदन
Google.com
Photo : Facebook