सुदूरपश्चिमका मुख्यमन्त्रीकै अगाडि कांग्रेस सभापति र उपसभापतिबीच माइन्यूट खोसाखोस

Image
Nisarga Hospital

धनगढी : बिहिबार कैलालीको मोहन्याल गाउँपालिका १ चोसे काँडामा नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठक राखिएको थियो । सो बैठकमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शहादुर शाह समेत सहभागी थिए । बैठकमा पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको भिडियो अहिले भाक्ष्रल छ । बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो ।

CP Hospital Dhangadhi

जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका थिए । जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूट मा उल्लेख गर्न नसकिने सभापति भट्टको भनाई थियो । जबसम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने उनले बताए । केहीछिन सभापति भट्ट र उप–सभापति बडूवालबीचच बोलाबोल समेत बन्द भएको थियो ।

श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे ९आगो० र सुरत बहादुर कार्कीलाई कारबाही गरिएपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याडमा अर्को सूचना जारी गरेका थिए । त्यसै दिनदेखि सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बीच खुल्ला रूपमा मतभेद हुन सुरु भएको हो । सुरुमा जिल्ला सभापतिले उपसभापतिलाई स्पष्टीकरण सोधेको र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो । कैलाली जिल्ला अनुशासन समितिले भदौ २६ गते उप–सभापति भीम बडूवालले जिल्ला कार्यसमितिको पत्र,चलानी नं. र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समितिले कारबाहीको लागि सिफारिस गरेको थियो ।

Dhnagadhi & Krishanapur