किन भयो मोहन्यालमा काँग्रेस कैलालीको बैठकमा माइन्युट खोसाखोस ?

Image
Nisarga Hospital

अत्तरिया : नेपाली काँग्रेस कैलालीको बैठकमा विवाद भएको छ । बिहीबार मोहन्याल गाउँपालिका–१ चोसे काँडामा बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति नारायणदत्त भट्ट र उप–सभापति भीम बडुवालबीच विवाद भएको हो ।

CP Hospital Dhangadhi

कतिसम्म भने उनीहरुबीच माइन्युट खोसाखोस सम्मको अवस्था सिर्जना भएको थियो । अनुशासनको कारवाही गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै खोसेपछि विवाद भएको थियो । सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा बडुवालले माइन्युट खोसेका हुन् ।

विवादबारे सार्वजनिक भएको एउटा भिडियोमा माइन्युट उपसभापति बडुवालले कब्जामा लिएका छन् भने सचिव सुनारले बैठक बसौँ कोरम पुग्छ की पुग्दैन् ? भन्दै माइन्युट माग्न खोजेका छन् । तर उपसभापति बडुवालले त्यो मलाई मतलब भएन पहिले मेरो बारेमा छिनोफानो गर्नुहोस् छोडिदिन्छु भनेका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बैठक नबस्दै विवाद र कोरम नै नपुगेपछि जिल्ला कार्य समितिको बैठक स्थगीत गरिएको छ । जिल्ला उपसभापति नारायणदत्त भट्टले उपसभापति बडुवालले लेटर प्याडको दुरुपयोग गरेपछि पहिले नै अनुशासनको कारवाही गरिएको बताए । सोही कारण अघिल्ला बैठकमा समेत माइन्युटमा उनको नाम नलेखिएको उनी बताउँछन् ।

‘उसले अनुशासनहिन काम गरेपछि अनुशासन समितिले कारवाही गरिसकेको थियो । प्रदेश समितिलाई सिफारिस पनि भएको छ । कारवाही गरेपछि मैले किन उपस्थित गराउने,’ भट्टले भने, ‘त्यो स्क्यान्डल गर्न उ त्यहाँ गएको हो । अरु केही होइन ।’ सुदूरपश्चिम प्रदेश अनुशासन समितिबाट पत्र प्राप्त नभएसम्म उपसभापति बडुवालको नाम माइन्युटमा उल्लेख उनको भनाई छ । गत २२ साउनमा पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई अनुशासनको कारवाही गरेका थिए ।

उपसभापति बडुवालले उक्त कारवाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए । त्यो बेलादेखि नै सभापति र उपसभापतिकाबीचमा मतभेद बढेको थियो । सोही विषयलाई लिएर सभापति भट्टले बडुवाललाई स्पष्टीकरण सोधेका थिए । नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो । जिल्लाले कारवाहीका लागि प्रदेश समितिलाई सिफारिस गरेपनि अहिलेसम्म प्रदेशले कुनै प्रतिक्रिया जनाएको छैन । विवाद भएको बिहीबारको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत बोलाइएको थियो । मुख्यमन्त्रीकै अगाडि उनीहरुबीच विवाद भएको थियो ।

Dhnagadhi & Krishanapur