स्थानिय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धि अन्तरक्रिया सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना डोटीको आयोजनामा स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी धनगढीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

CP Hospital Dhangadhi

नेपाल नगरपालिका संघ, केन्द्रिय संमिति र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, केन्द्रिय समितिको समन्वय र सहकार्यमा प्रतिष्ठानले २ दिने अर्थात फागुन १८ र १९ गते सम्म चलेको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छ । नेपाल नगरपालिका संघ, सुदूरपश्चिम प्रदेश समितिका संयोजक तथा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टज्यूको अध्यक्षतामा कार्यक्रमको थालनी गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा सुदूरुपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहका उपस्थिति रहेको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार साही, उद्योग पर्यटन वन तथा वातावारण मन्त्री रमेश सिंह धामी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी संगै प्रदेश सभा विपक्षी दलका नेता माननीय राजेन्द्र सिंह रावल जिला समन्द्रय समिति महासंघ, सुदूरपश्चिम प्रदेश समितिका संयोजक गगन सिंह भण्डारी लगाएतका सरोकारवाला व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।


स्थानीय सरकार संचालन र व्यवस्थापनमा सहजता लाई प्रभावकारी सेवा प्रवाह, विकास, जवाफदेहिता र सुशासन मार्फत नागरिकहरूलाई सन्तुष्टि पार्न स्थानीय सरकारका प्रतिनीधिहरुको क्षमता अभिवृद्धि गर्नको निम्ती कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक गेहेन्द्र बमले बताउनु भयो ।

कार्यक्रममा महालेखा परिक्षणको भूमिकाः स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन (PFM) प्रणालीको सुधार र नेतृत्वको भूमिका, माननीय मन्त्री सँग पालिका अध्यक्ष तथा प्रतिनिधिद्वारा प्रश्नोत्तर र छलफल, नेतृत्व विकास (leadership development): अवधारणा र महत्व, स्थानीय सरकार संचालनमा गाउँ/नगर सभा तथा कार्यपालिका बैठक संचालन प्रक्रिया, सभा र कार्यपालिकामा समितिगत प्रणाली तथा समितिहरुको क्रियाशीलतामा नेतृत्वको भूमिका
बारे NARMIN/MUAN बाट प्रस्तुतिकरण, स्थानीय सरकार संचालनमा नेतृत्वले लिनु पर्ने छलफल, प्रश्रोतर प्रमुख नीतिगत निर्णयहरु र निर्णय लिने प्रक्रिया, भूमिका र जनप्रतिनिधि र कर्मचारी बीचको अन्तर सम्बन्ध लगायतका प्रस्तुती रहेका थिए ।

सेवा प्रवाहको समग्र अवस्थालाई बढी प्रभावकारी बनाउन के के गर्नु पर्ला? भन्ने बिषयमा शिक्षाविद, डा. लवदेव अवस्थीले गरेका थिए भने कार्यक्रमको समापन मन्तव्य माननीय भौतिक पूर्वाधार मन्त्रि प्रकाश देउवाले गरेका थिए ।

सम्बन्धित समाचारः

सेवा प्रबाह, विकास, जवाफदेहिता र सुशासन मार्फत जनतासम्म आवाज पुग्दै

Dhnagadhi & Krishanapur