कैलाली उद्योग बाणिज्य संघद्धारा प्रदेश प्रमुखलाई स्वागत

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको विकासका लागि सबैको भावना अनुसार अघि बढ्ने बताए । कैलाली उद्योग बाणिज्य संघद्धारा बुधबार धनगढीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले कसैलाई पनि भेदभावका दृष्टिले नहेरी सबैलाई समान व्यवहार गरेर अघि बढ्ने बताए । उनले खुल्ला सिमानाकाका कारण व्यवसायीले थुप्रै समस्या भोगिरहेको बताउँदै ती समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए।उनले व्यवसायीले आफूलाई समयसमयमा आएर सल्लाह सुझाव दिन पनि आग्रह गरे।

CP Hospital Dhangadhi
Attariya Hospital

संघका अध्यक्ष पुष्पराज कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव ओम विष्ट, कानुनी सल्लाहकार बीरबहादुर जेठारा उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अनिल भुजनियाले व्यवसायीका समस्याबारे प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए।

nawajiwan