धनगढीमा क्याम्पस स्तरीय फुटसल कप हुने

Image
Nisarga Hospital

धनगढी ः धनगढीमा चैत २८ गतेदेखि क्याम्पसस्तरीय फुटसल कप हुने भएको छ। चैत २८ गतेदेखि ३० गतेसम्म ऐश्वर्य विद्यार्थी समाजको आयोजनामा वडा–५ अध्यक्ष दोस्रो एएमसी फुटसल लिगको आयोजना गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ट्रफि मेडल तथा प्रमाणपत्र, द्वितीय पुरुस्कार नगद २५ हजार ट्रफि मेडल तथा प्रमाणपत्र र तृतीय पुरुस्कार नगद १५ हजार रहेको समाजका अध्यक्ष महेशराज जोशीले बताए। यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक र राइजिङ खेलाडीलाई नगद तथा ट्रफि पनि प्रदान गरिने छ। टिम दर्ताका लागि ७ हजार रुपैँया तोकिएको छ। टिम दर्ता गर्ने अन्तिम मिती चैत २६ गते दिउसो ४ बजे सम्म मात्र रहेको आयोजकले जनाएको छ। प्रतियोगिता फल्याटल्यान्ड फुटसलमा चैत २८ गते बिहान ८ बजेदेखि सुरु हुने छ।

nawajiwan