धनगढीमा तीन सयको संख्यामा कुकुरहरुको बन्ध्याकरण गरिँदै

Image
Nisarga Hospital

धनगढीः कैलालीको धनगढीमा तीन सयको संख्यामा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिँदैछ। यसका लागि उपमहानगरपालिकाले काम सुरु गरिसकेको छ। नगरपालिका परिसरमा शुक्रवारदेखि चार दिनसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन हुने छ। उपमहानगरपालिकाले यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागेको हो। नगर क्षेत्रमा छाडा छोडिएका कुकुरको उपमहानगरपालिकाले चार दिनसम्म बन्ध्याकरण गर्नेछ।

CP Hospital Dhangadhi

नगरपालिका परिसरमा तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशु सेवा शाखा प्रमुख डाक्टर समिरकुमार ठाकुरले बताए। ‘यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिनेछ। चैत २३ देखि २६ गतेसम्म बन्ध्याकरण गरिनेछ’, डाक्टर ठाकुरले भने। करिब ७ लाख बजेटमा यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने भएको हो।

गत वर्ष भने १५० कुकुरको बन्ध्याकरण गरिएको थियो। उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ। गत वर्ष १५० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकोमा यो वर्ष दोब्बर संख्यामा कुकुरको बन्ध्याकरण गरिने डाक्टर ठाकुरले बताए।

nawajiwan
Attariya Hospital

शुक्रवारदेखि चार दिनसम्म चल्ने कुकुर बन्ध्यालरण शिविरमा समुदायमा छोडिएका कुकुरहरूको मात्र बन्ध्याकरण गरिनेछ। सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बध्याकरण शिविर आयोजना गरिँदै आएको छ। हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्न बजेट बढाउँदै लग्ने र समुदायमा रहेका छाडा कुकुरहरूको संख्या नियन्त्रण गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको पशु सेवा शाखा प्रमुख प्रमुख ठाकुरले बताए।

‘हामीले सामुदायिक कुकुरको मात्रै बन्ध्याकरण गर्नेछौँ। सामुदायिक कुकुर समात्न नगरपालिकाको कर्मचारीलाई सहयोग गर्न नगरवासीलाई आग्रह समेत गर्दछु’, उनले भने, ‘सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न उपमहानगरपालिकाले हरेक वर्ष बन्ध्याकरण कार्यक्रम राख्नेछ।’ सामुदायिक कुकुरका कारण रेविज लगायतका रोग मानिसमा सर्ने तथा अन्य समस्या समेत बढ्ने भएकाले छाडा कुकुरको संख्या बढ्न नदिन बन्ध्याकरण गर्न लागिएको हो।

दिनेश खबर