कैलाली हार्डवेयर व्यवसायी संघ १२ औँ वार्षिक साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः कैलाली हार्डवेयर व्यवसायी संघ १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। धनगढीमा शनिवार कैलाली हार्डवेयर व्यवसायी संघको वार्षिक साधारण सभा भएको हो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव हरि लम्सालले पछिल्लो समयमा व्यवसाय गर्ने निकै गाह्रो भयको बताए। कोभिड भन्दा पहिला कुनै पनि व्यवसाय गर्न राम्रो भएपनि पछिल्लो समयमा यो अवस्था कम भएको उनले बताए। उनले भने, ‘हामी तीनै तहका सरकार मिलेर हार्डवेयर व्यवसाय संघ अन्ने व्यवसाय संघ मिलेर अगाडि बढ्न आवश्यक छ। दिनानु दिन युवा वर्ग विदेश गएकाले रोजगारीका सृजना नहुदा हामी सबैले एक अर्को प्रर्ति साझेदारी गरेर अगाडि बढ्न तयार हुनुपर्छ।’

CP Hospital Dhangadhi

कैलाली उद्योग वाणिज्य संग का अध्यक्ष तथा केन्द्रीय सदस्य पुष्कर राज कुवरले उद्योग वाणिज्य संघले सबै सँग सहकार्य गर्न तयार रहेको बताए। हार्डवेयर व्यवसाय संघका अध्यक्ष कुबेर बाहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा तीन हजार भन्दा बढी हार्डवेयर व्यवसाय रहेको बताए।

Attariya Hospital

निर्माण व्यवसायीहरूले असारदेखि भुक्तानी नपाएकाले हार्डवेयर व्यवसाय पनि सङ्कटमा रहेको उनले बताए। देशमा रोजगारी सृजना गर्ने सबै व्यवसायी संघहरूको भूमिका रहेको उनले बताए।

nawajiwan