भैँसीले हान्दा बाघ ठहरै !

Image
Nisarga Hospital

काठमाडौं : मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो।

CP Hospital Dhangadhi

बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

Attariya Hospital

घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए। मरेको बाघ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको भण्डारीले जानकारी दिए।

nawajiwan